Posts

कथा: जागरणको उज्यालो: त्रिकोण, चिनी र चेतना

Image
कथा जंगलले घेरिएको साँघुरो बाटो हुँदै म अघि बढ्दै थिएँ। दायाँबायाँ जरा फैलिएका रूखहरू, माथिबाट हेरिरहेजस्ता बाँदरका आँखाहरू, अनि मौन हावामा कहिलेकाहीँ खस्ने पातहरू—सबै केही अस्वाभाविक लाग्दैथिए। एक्कासि आकाशतिर आँखा पुग्यो—त्यहाँ एउटा अनौठो त्रिकोण आकारको तारा चम्किरहेको थियो। त्यो न कुनै ग्रह थियो, न हेलिकप्टरको बत्ती। त्यो स्थिर थियो, तर उसको प्रकाशले मनभित्र केही हलचल गराइरहेको थियो। मोबाइल झिकें—फोटो खिच्न खोजें, तर फोटो हल्लिएको आयो। फेरि प्रयास गरेँ, तर अझै पनि स्पष्ट भएन। "कसैले इरादा देखाउँछ, नियति लुकाउँछ," जस्तो लाग्यो। हिँड्दै जाँदा तारा रूखहरूले ढाक्न थाले। आकाश अब पूर्ण रूपमा देखिन छाड्यो।  मेरो यात्रा कसैलाई भेट्नको लागि थियो—ठ्याक्कै याद त थिएन, तर सन्देश दिनुपर्ने थियो। त्यहाँ पुगेपछि थाहा भयो, त्यो व्यक्ति घरमै थिएन। "उहाँ छैनन्, तर तपाईंले दिनुपर्ने कागज उनको छोरा मार्फत दिन सक्नुहुन्छ," कसैले भन्यो। एक सानो केटो आयो, उसले कागज लियो। तर हेर्न नपाउँदै उसले त्यो कागज च्यात्यो। क्रोधले मनभित्र उथलपुथल मच्चियो। "तिमीले बुझ्नुपर्थ्यो!" भन्दै म...

शुभस्य शिघ्रम अशुभस्य काल हरणम्

२०८१/०९/२३ राति करिब ११:४५ आज दिउँसो करिब २ बजे कोटेश्वरबाट टाटा सुमो चढेर बर्दिबास आएँ। सिन्धुली–बर्दिबास सडक गत बर्षाको बाढीका कारण निकै बिग्रिएको छ। बाटो धेरै ठाउँहरूमा धुलोले भरिएको थियो, र सिन्धुली पार गरेपछि शीतलहरले यात्रा झन् कठिन बनायो। गाडीको अगाडिको सिसामा सिमसिम पानी परेजस्तै भइराखेको थियो। यी चुनौतीहरू सामना गर्दै अन्ततः हामी राति ८:४५ बजे बर्दिबास पुग्यौं। यात्रामा हामी तीनजना साथीहरू (सन्तोष सर, झम्केश्वर सर, र म) थियौं। बर्दिबास ओर्लिएपछि सँगै खाना खायौं र त्यसपछि आ-आफ्नो बासस्थानतिर लाग्यौं। मैले करिब १५ दिनअघि मात्रै यो नयाँ कोठा सरेको हुँ। पहिला म गौरीडाँडा जाने उकालोको बिचतिर ओम समाज डेन्टल हस्पिटलको नजिक बस्ने गर्थें। अहिलेको यो नयाँ घरमा सुरक्षा संयन्त्र अत्यन्तै कडा छ—पहिला मुख्य गेट, त्यसपछि घरको मूलढोका, त्यसपछि पहिलो तलाको च्यानलगेट, अनि बल्ल कोठाको ढोका। यस्तो सुरक्षा देखेर कहिलेकाहीं आफैंलाई जेलजस्तो पनि लाग्छ। कोठामा पुग्दा करिब १० बज्न लागेको थियो। भोलि अनिवार्य काम भएकाले आराम गर्नुपर्ने हुँदाहुँदै पनि सोहि महत्त्वपूर्ण कामका लागि साथिसँग कुराकानी गर्दा क...

योग र प्राकृतिक चिकित्सा

Authors दामोदर Damodar न्यौपाने Neupane DOI: https://doi.org/10.3126/anweshan.v2i1.68588 Keywords: अष्टाङ्गयोग, पतञ्जलियोगसूत्र, प्राकृतिक चिकित्सा, योगदर्शन Published by Nepal Academy, Kamaladi, Kathmandu, Nepal.  Vol. 2 No. 1 (2081) Abstract उपनिषद्मा भनिएको छ— शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् पहिले शरीरको रक्षा गर्नु, त्यसपछि धर्मको साधना गर्नु । धर्म आर्जन गर्ने माध्यम शरीर हो । मानव जीवनमा शरीरको अपरीहार्यतालाई आत्मसात् गर्दै पतञ्जलि योगदर्शनका आठ अङ्गहरूको महत्त्व र तिनको दैनिक जीवनमा प्रयोगका बारेमा यस लेखमा वर्णन गरिएको छ । प्राकृतिक चिकित्साका विभिन्न आयामहरू विशेष गरेर दश आधारभूत सिद्धान्तहरूका बारे चर्चा गरिएको छ । योग दर्शनले मानव जीवनको उच्चतम उपलब्धि आत्मसाक्षात्कारको प्रयोगात्मक पक्षको बारेमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ भने प्राकृतिक चिकित्सा विज्ञानको सन्दर्भमा औषधि मुक्त उपचार पद्धतिको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । योगाभ्यासले मानिसको शारीरिक तथा मानसिक अवस्थालाई मजबुत बनाई प्राकृतिक चिकित्साको प्रभावलाई समेत बढाउँछ । Citation: न्यौपाने Neupane द. D. (2...

ईशावास्योपनिषद् संस्कृत श्लोक अंग्रेजी र नेपाली सामान्य अर्थ

Image
शुक्ल यजुर्वेदको माध्यान्दिनीय संहिताको अन्तिम (चालिसौं) अध्यायको नाम इशावास्योपनिषद् हो । ईशावास्यमिदं सर्वम् भन्ने प्रारम्भिक पङ्क्तिका आधारमा प्रस्तुत उपनिषद्को नाम ईशावास्योपनिषद् रहेको देखिन्छ । यसलाई ईशोपनिषद पनि भनिन्छ । यसमा १८ पद्य छन् । यसले ब्रह्मविद्याका बारेमा प्रकाश पारेको छ । यसले निष्काम भावले कर्म गर्ने शिक्षा दिएको छ । अद्वैत भावनाको सशक्तीकरण गर्नु पनि यसको अर्को उद्देश्य हो । उपनिषद कर्म उपासनाकाण्ड पछि ज्ञान काण्ड अन्तर्गत ईश उपनिषद पर्दछ । यसलाई ईशोपनिषद पनि भनिन्छ । पहिलो मन्त्रमा ईशावास्य भनिएकोले यसलाई ईशावास्य उपनिषद पनि भनिन्छ । यस उपनिषदमा १८ मन्त्रहरु छन् । शुक्ल यजुर्वेदको ४० औँ अध्यायका यी मन्त्रहरु हुन् । ईशादि नौ उपनिषद मध्ये यस उपनिषदले प्रथम स्थान प्राप्त गरेको छ । अन्य उपनिषदमा जस्तै यसमा पनि वक्ता र श्रोता गुरु शिष्य कसैको नाम पाईंदैन   शान्ति पाठ  ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते  ॥ पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥ ॐ शान्तिः शान्तिः शान्तिः ॥   संस्कृत श्लोक अंग्रेजी अर्थ नेप...

विपश्यना साधना

विपश्यना साधना 🙏🙏🙏 विपश्यना आत्मनिरीक्षणको माध्यमबाट आत्म-शुद्धिको एक धेरै प्राचीन विधि हो। विपश्यना भनेको यथार्थ के हो त्यो हेर्नु र बुझ्नु हो। लगभग २५०० वर्ष पहिले, भगवान गौतम बुद्धले यस विलुप्त विधिको पुन: अनुसन्धान गर्नुभयो र यसलाई विश्वव्यापी रोगको लागि विश्वव्यापी उपचार, जीवन जिउने कलाको रूपमा विश्वव्यापी रूपमा उपलब्ध गराउनुभयो। जीवन जिउने सात्विक कला यस सार्वभौमिक साधनाको उद्देश्य दोषहरूको पूर्ण उन्मूलन र फलस्वरूप, परम मुक्तिको परम आनन्द प्राप्त गर्नु हो। विपश्यना आत्म-अवलोकन मार्फत आत्म-परिवर्तनको एक विधि हो। यो साधना दिमाग र शरीर बीचको गहिरो अन्तरसम्बन्धमा केन्द्रित छ, जुन शारीरिक संवेदनाहरूमा प्रत्यक्ष ध्यान दिएर अनुभव गर्न सकिन्छ जुन शरीरको चेतना गठन गर्दछ, र जसले मन-चेतनाको गतिविधिलाई निरन्तर सहसंबद्ध र सर्त गर्दछ। यो अवलोकन-आधारित, मन र शरीरको साझा जराको आत्म-अन्वेषणात्मक यात्रा हो जसले मानसिक अशुद्धताहरू पगाल्छ, परिणामस्वरूप सन्तुलित मन प्रेम र करुणाले भरिएको हुन्छ। हाम्रा विचार, विकार, भावना, संवेदनाहरू चल्ने वैज्ञानिक नियमहरू स्पष्ट छन्। हाम्रो प्रत्यक्ष अनुभवबा...

कोभिड-१९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता

Image
कोभिड - १९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता कोभिड - १९ को महामारीको कारण लकडाउनको अवस्थामा हामी सबै नेपालीहरू आ - आ फ्नै घरमा छौं । यो लेखमा बुद्धले मानव जगत्लाई दिनु भएको चार आ र्य सत्यहरू, पञ्चशिल र अष्टाङ्गिक मार्गहरूको यो विषम परिस्थतिमा सान्दर्भिकतालाई विश्लेषण गर्न खोजीएको छ । बुद्धका उपदेशहरू आफ्नो साथका रहेका के ही साधुहरूलाई दिएका थिए । जुन गुरू शिष्य परम्पराबाट आ जको दिन सम्म आ एको मानीन्छ । मोक्ष प्राप्तीको लागि हिन्दु शास्त्रमा तिन मार्गको वर्णन गरिएको पाईन्छ । जसमा ज्ञान, भक्ती र कर्म मार्ग हो । बुद्ध दर्शनमा ज्ञान र कर्मलाई जोड दिएको पाईन्छ । बुद्ध भन्नाले त्यो व्यक्ती जसले चेतनाको उच्चतम अवस्था प्राप्त गरेको हुन्छ । वुद्ध्वत्व प्राप्त व्यक्तीले प्राप्त गरेको ज्ञान उसको नीजी हुँदैन । उसले यही समाजमा रहेर ज्ञान आ र्जन गरेको हुन्छ । उसले त्यसको बदालामा आ फुमा भएको ज्ञान समाजका व्यक्तीहरूलाई वाढ्ने गर्दछ । त्यसतै बुद्धलेपनी गरे जनु हामी माझमा उपदेशको रूपमा प्राप्त छ । विना गरू स्वयंको प्रयासबाट बुद्धत्व प्राप्त गर्ने महामानवहरूलाई सम्यक सम्बुद्...