कोभिड-१९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता
कोभिड-१९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता
कोभिड-१९ को महामारीको कारण लकडाउनको
अवस्थामा हामी सबै नेपालीहरू आ-आफ्नै घरमा छौं । यो लेखमा बुद्धले मानव जगत्लाई दिनु भएको
चार आर्य सत्यहरू, पञ्चशिल र अष्टाङ्गिक मार्गहरूको यो विषम परिस्थतिमा सान्दर्भिकतालाई
विश्लेषण गर्न खोजीएको छ । बुद्धका उपदेशहरू आफ्नो साथका रहेका केही साधुहरूलाई दिएका थिए । जुन गुरू शिष्य परम्पराबाट आजको दिन सम्म आएको मानीन्छ । मोक्ष प्राप्तीको लागि हिन्दु शास्त्रमा तिन मार्गको वर्णन
गरिएको पाईन्छ । जसमा ज्ञान, भक्ती र कर्म मार्ग हो । बुद्ध दर्शनमा ज्ञान र
कर्मलाई जोड दिएको पाईन्छ ।
बुद्ध भन्नाले त्यो व्यक्ती जसले चेतनाको उच्चतम अवस्था प्राप्त गरेको हुन्छ ।
वुद्ध्वत्व प्राप्त व्यक्तीले प्राप्त गरेको ज्ञान उसको नीजी हुँदैन । उसले यही
समाजमा रहेर ज्ञान आर्जन गरेको हुन्छ । उसले त्यसको बदालामा आफुमा भएको ज्ञान समाजका व्यक्तीहरूलाई वाढ्ने गर्दछ । त्यसतै बुद्धलेपनी गरे
जनु हामी माझमा उपदेशको रूपमा प्राप्त छ । विना गरू स्वयंको प्रयासबाट बुद्धत्व
प्राप्त गर्ने महामानवहरूलाई सम्यक सम्बुद्ध
भनिन्छ । गौतम बुद्धभन्दा अघि अनेक त्यस्ता सम्यक सम्बुद्धहरूले यस धरामा पदार्पण गरीसकेको र भविष्यमा पनि त्यस्ता अनेकौं सम्यक सम्बुद्धहरू
प्रकट भई दु:खनिवारणको लागि जनमानसलाई ज्ञानको बाटो देखाउँने विश्वास लिइन्छ । बुद्ध धर्मको परम्परामा गौतम बुद्धलाई यो युगको चौथो सम्यक सम्बुद्धको रूपमा लिने गरिन्छ । बौद्ध धर्ममा तीन मुख्य वाद (यान) हरू
रहेका छन्: थेरवाद (पहिला हिनयान भनिन्थ्यो), महायान र वज्रयान । विश्वको चौंथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको बौद्ध धर्मका अनुयायीहरू पैंतीस करोड भन्दा अधिक रहेको अनुमान गरीन्छ ।
बुद्ध धर्मको अन्तिम लक्ष्य
दुःखबाट सदाका लागि मुक्ति पाउनु हो । बुद्दले
आफ्नो प्रवचनहरूमा पञ्च शिललाई जोड दिनुभएको पाईन्छ । पञ्च शीलको पालना गर्दै ध्यानद्वारा
समाधिष्ठ हुँदै प्रज्ञा (ज्ञान)
उत्पन्न् गराउन सकेमा नै
दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार हुन्छ भन्ने उनको मूल
शिक्षा हो । बुद्ध धर्म ज्ञानको आधारमा बनेको हुनाले यो
प्रयोगात्मक छ । यसमा भएका अपदेशहरू हामीलाई यो लकडाउनको समयमा दुःख निवारणको लागि
सान्दर्भिक हुनेछन् भन्ने विश्वासका साथ यो आलेख तयार पारियकोछ ।
चार आर्य सत्य र अहिलेको लकडाउन
गौतम बुद्धले मनुश्य जीवनलाई
अत्यन्त गहन रूपमा अध्ययन गर्नु भएको पाईन्छ । अध्ययन मात्र नभएर जोसुकै मानव पनी
कसरी जीवन यापन गरेर सफल हुन सक्छ बुद्धत्व प्राप्त गर्न सक्छ भनेर प्रयोगात्मक
ज्ञान विश्व समाजलाई दिएर जानु भएको छ । त्यस्तो महान ज्ञानले यो धरालाई संचन गर्न
सफल बुद्धले शरीर छोडेर गए पनी उनको विचारधाराहरू कलजयी छन् । यो लेखमा बुद्धका चार
आर्य सत्य र अष्टाङ्गिक मार्गलाई अहिलको व्यस्त समाजले कसरी आत्मसाथ गर्न सक्छ अनी
यो लकडाउनमा आ-आफ्नै घरमा रहेको
अवस्थामा कसरी त्यसबाट फाईदा लिन सकिन्छ भनेर समेट्ने प्रयस गरियको छ ।
पहिलो आर्य सत्य दुःख हुन्छ
यस दुनियामा सबै मनुष्यहरू र सजिव प्राणीहरूलाई दुःख हुन्छ भनेर बुद्धले भनेका छन् । उनले कस्तो-कस्तो अवस्थामा मनुश्यलाई दुःख हुन्छ भनेर पनी स्पष्ट रूपमा भनेका छन् । मनुश्य जन्मनै दुःखले हुन्छ । जन्मदा हुने दःख देखि सुरू भएर मान्छे बुढो हुँदा, आफ्नो मन परेको व्यक्ती प्रियजनको विछोडमा, आफ्नो चाहना गरेको चीजबस्तु प्राप्त नहुँदा र रोग लाग्दा दुःख हुन्छ । अहिले विश्व जगत नै कोरोना भाईसर रोगको कारणले गर्दा दुःखमा छ ।
दास्रो आर्य सत्य दःखको कारण हुन्छ
मनुश्यलाई हुने हरेक दःखहरूको विशेष कारण हुन्छ । बुद्ध धर्म वा दर्शनले पूर्व जन्ममा विश्वास राख्दछ । मनुश्यले कुनै जन्ममा चाहना गरेको ईच्छा र चाहनाहरू सोही जन्ममा पुरा हुन सकेन भने अर्को जन्म लिनु पर्ने हुन्छ । जन्मको समयमा दुःख हुन्छ । मनुश्यले आवस्यक भन्दा वढी अधिक चाहना राख्नु र उसमा हुने तृष्णानै हरेक प्रकारका दुःखका कारण हुन् । अहिले मानव जगत रोग महामारीको कारणले दुःखी छ । खप्तड बाबाको विचार विज्ञान अनुसार मनुश्यको विचार र कल्पना शक्ती विजुली भन्दा पनी तेज गतीमा चल्छ । उसले विचार र कल्पनाको भरमा अहिलेको बैज्ञानीक सुख सुविधाका चिजबस्तुहरू र आविस्कारहरू सम्भव भएको हो । विज्ञानको आविस्कार सँगै विनासका सम्भावनाहरू पनी उत्तीकै वढ्दै गएका हुन्छन् । मनुष्यमा भएको अलौकीक विचार तथा क्षमताको कारण मनुष्यले कतै आफुलाईनै दुःख हुने कार्यहरू त गरिरहेको छैन ? यो प्रश्नको उत्तर हामी आफैले खोज्ने समय आएकोछ । हामी अहीले दुःखी छौं कारण कोरोना भईरस रोगले श्रृजना गरेको महामारी र लकडाउन । के कारणले यो रोगको सामना गर्नु परिरहोछ त भन्ने कुरामा चर्चा गर्नु भन्दा अव हामी कसरी दुःखबाट छुटकारा पाउन सक्छौं भनेर अर्को आर्य सत्यमा चर्चा गरिन्छ ।
तेस्रो आर्य सत्य दःख निवारण हुन्छ
मनुष्यको दुःख चिरस्थायी हुँदैन
मानवले लोभ लालच (तृष्णा) बाट मुक्ति पाएमा दुःख हटाउन सक्दछ । मानव जगत्ले विभिन्न काल खण्डमा विभिन्न दुःखको सामना गर्दै आईरहको छ । हरेक
दुःख लामो समय सम्म रहँदैन र सुख पनी रहँदैन । यहाँ सँस्कृतको एउटा श्लोक चर्चा
गर्न सान्दर्भिक छ । ‘‘सुख सुख्यान्तरम्, दुःख दुख्यान्तरम्, सुख दुःख मनुश्याणाम चक्रवर्त परिवर्तते
।’’ अर्थः केही समय सुख हुन्छ, केही समय सुख हुन्छ, सुख पछि
दुःख र दुःख पछी सुःख चक्र जस्तै परिवर्तन भईरहने प्रक्रिया हो त्यसैले हरेक दुःख
चिरस्थायी हुँदैन भनेर बुद्धको तेस्रो आर्य सत्यले भन्छ । आशा र धैर्यता राखौं यो कोरोनाको दुःख निवारण भएर अवस्य जान्छ । दुःखबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने बारेमा चौंथो आर्य सत्यमा वर्णन गरिन्छ ।
चौंथो आर्य सत्य दुःख निवारणको मार्ग हुन्छ
लोभ-लालच तृष्णाबाट मुक्ति
आर्य अष्टांग मार्गको अनुसरणाबाट जीवनयापन
गर्दा दुःखबाट पार हुन सकिन्छ भनेर बुद्ध धर्ममा वर्णन गरिएकोछ । अहिलेको यो महामारीको
विषम परिश्थितिमा हामिले दुःख निवारण गर्ने मार्ग कुन-कुन हुन सक्छ भनेर खोजी गर्नु पर्ने अवस्था छ । अहिले विश्व
मानव जगत दुःखमा छ र हरेक मानवले यो यो दुःखबाट मुक्त हुन चाहना गरेको छ । हामीले
गर्दै आईरहेको नियमित कार्यहरूमा रमाउने
अनी चेतना र विवेक द्वारा यो दुःख चिरस्थायी हैन भन्ने विचार गरी अष्टागं मार्गको
अनुसरण गर्ने र पञ्चशिलको पालना गर्ने हो भने सजिलै दुःखको निवारण हुन्छ ।
हालको लकडाउन र बुद्धको पञ्चशील
बुद्धका उपदेशहरूमा
पञ्चशीलको ठूलो महत्व छ । उनले मनुश्यले जीवनमा के कस्ता कुराहरू गर्नु हुँदैन वा
त्यस्ता कुराहरूबाट टाढा रहनु पर्छ, भनेर पाँचवटा शिलहरू उपदेशको रूपमा दिएका छन्
। पञ्चशीलको पालनाले मानव बलशाली हुनेछ । कसैले पनी अर्काको हातबाट मर्नुपर्ने छैन
। परीवारमा शान्ती र अमन चयन कायम हुनेछ । कोही पनी रोगको सिकार हुनु पर्ने छैन
रोग व्याथीको कमी हुनेछ । मन परेका व्यक्तीहरूबाट वियोगः हुन पर्ने छैन र
मनुष्यहरू दिर्घजीवी हुनेछन् भन्ने विश्वास लिईन्छ ।
पहिलो शिल प्राणी हिंसाबाट टाढा रहने
पहिलो शीलले प्राणीको
हिंसाबाट टाढा रहने उपदेश दिन्छ । यसको अर्थ हिंसा नगर्ने भनेर मात्र पुग्दैन
हिंसाजन्य कुराहरूबाटनै टाढा रहने भन्ने हुन्छ । यो लकडाउनको अवस्थामा हामीले
जनावरहरूको हत्य गरी मांशहार नगर्दा पशुजन्य रोगहरूबाट बच्न सकिन्छ । मनुश्यले हिंसा
नगर्दा सधैं शान्ती हुने गर्दछ । परिवारमा हुने विभेदहरू समेतबाट टाढा रहन यो शीलले
अभिप्रेरीत गरेकोछ । यो शिललाई आत्मसाथ गरि यो बन्दाबन्धीको समयमा हामी सुखी र
शान्त रहन सक्छौं ।
दोस्रो शिल झूठो नबोल्ने
दोस्रो शीलले हामीलाई
झूटो बोल्नबाट टाढा रहन अभिप्रेरीत गर्दछ । हामी सँधै राम्रो परोपकारी काम गर्ने
बानी बसाल्दै जाने हो भने झुटो बोल्नु पर्ने अवस्थानै आउँदैन । भनिन्छ नी एक झुठलाई
सिद्ध गर्नको लागि सय वटा झुटहरूको सहार लिनुपर्ने हुन्छ । यसरी झुट माथी झुट थपीदैं जादा झुटै झुटको संसार निर्माण हुन्छ । अहिले सञ्चार र प्रविधिको युग छ ।
हामीले अहिले झुटा र कपोल कल्पीत समाचार र अफवाहहरूको पछाडी नलाग्ने वा त्यस्तो झुटो कुराहरूबाट टाढा रहने साथै विश्वसनीय स्रोतको सुचनाहरू मात्र लिनु राम्रोहुन्छ ।
तेस्रो शिल चोरी नगर्ने
बुद्धको तेस्रो शिलमा चोरी
नगर्नु भनीएकोछ । अहिले विश्व मानव जगत्नै त्राहीमामको अवस्थामा छ । यस्तो
अवस्थामा पनी केही संकुचित मानसीकता भएकाहरूले कुनैन कुनै तरीकाले चोरी गरीरहेको
पाईन्छ । कृतृम अभाव श्रृजना गरेर सर्व साधारणको दैनीक गुजारामा समस्या ल्याउने
जस्ता अमानवीय कार्यहरू रोक्नकोलागि सबैले बुद्धको तेस्रो शीलको पालना गर्नु
अत्यन्त शान्दर्भिक देखिन्छ ।
चौंथो शिल व्यभिचार नगर्ने
पञ्चशिल मध्येकै
सबैचन्दा धेरै व्यक्तीहरूले पालना गर्न कठीन शिलको रूपमा यो शीललाई लिईन्छ ।
कायीक, बाचीक र मानसीक तिन थरीका व्यभिचारहरू हुने गर्दछन् । कायीक भनेको शारीरीक
रूपमा परपुरूष तथा परस्त्री सँग गरीने यौनजन्य क्रियाकलाप तथा हिंसा हो । बाचीक भन्ने शब्द द्वारा गरिने यौनजन्य
व्यवहार तथा हिंसालाई लिईन्छ त्यस्तै गरी मानसिक भन्नाले कुनै पनी परपुरूष वा परस्त्री
प्रती मानसीक रूपमा हिंसात्मक कार्यहरू गर्नुलाई संकेत गर्दछ । कोरोनाको कारण अहीले
एक अपसमा हात मिलाउनुको सट्टा नमस्कार गर्ने, सामाजिक र भौतीक दूरी कायम राख्नु पर्ने
अवस्था श्रृजना भएको छ । हामीले बुद्धको यो चौंथो शीललाई जीवनमा लागु गर्दा यस्तो अवस्थामा सान्दर्भिक
हुने देखियो ।
पाचौ शिल मध्यपान नगर्ने
बुद्धले पाचौं शीलमा मध्यपान पूर्णरूपमा वर्जीत गरेका छन् । यसमा रक्सी
मात्र नभई त्यस्तो पदार्थ जसले हम्रो शारीरीक तथा मानसीक दुवै अवस्थालाई नकारात्कम
असर पार्दछ त्यसता कुराहरू सबैलाई मध्यपानमा राखिएको छ । मादक पदार्थले केही क्षण
हामीलाई आनन्दको आभाष गराउने भएतापनी
चिरस्थायी शान्तीको लागि मध्यपान बाधकको रूपमा लिईन्छ । समुदायमा कतीपय मानीसहरूको
जाय जेथा सबै मध्येपानमा सकिएर हरी कंगाल भएको उदाहरणहरू पनी समय समयमा सुन्न र
देख्न पाईन्छ । त्यसैले यो लकउनको समयमा जाँड रक्सी जुवातास जस्ता कुलतहरू त्यागी सम्यक
सत्मार्गमा लाग्दै योगः, ध्यान, प्राणायाम, हठयोगः (व्यायाम) आदि गरि शारीरीक र मानसीक
रूपमा तन्दूरूस्त हुनु जरूरी र सान्दर्भिक देखिन्छ ।
अष्टाङ्गिक मार्ग र बन्दाबन्दी
अष्टाङ्गिक मार्गमा बुद्धले सम्यक लाई जोड दिनु भएकोछ । यहाँ सम्यक भन्नाले
विचको मध्य मार्गी भन्ने हो । अष्टाङ्गिक मार्गमा कुनै पनी कार्यहरू गर्दा सम-भाव राखेर गर्ने कुरालाई बढी जोड दिईएको छ । बुद्धले
देखाएका यी आठवटा मार्गहरूमा हामीले अहिलेको वन्दाबन्दीको समयमा कसरी लाभ लिन सक्छौं
भनी चर्चा गर्न खोजीएको छ । हामीले अहिलेको अवस्थालाई सहर्श स्वीकार्नु पर्ने
अवस्था आएकोछ । आफ्नो धारणा वा विचार
नराखी मध्ये मार्गी भएर परिस्थतिको पारख गर्ने जीवनको एउटा उद्भूत कला बुद्धको अष्टाङ्गिक
मार्गले बहुत सुन्दर तरीकाले सिकाउँछ । अष्टाङ्गिक मार्गहरू एकदम शिलशिलेवार रूपमा
रहेको छ । मनुश्यले पहिलो मार्ग पार नगरी दोस्रो मार्गमा प्रवेश गर्न सक्दैन । सफल
मानीसहरूको दृष्टीकोट र एउटा असफल मानीसको दृष्टीकोणलाई तुलना गर्ने हो भने धेरै अन्तर
पाउन सकिन्छ । त्यस्तै हाम्रो दृष्टीकोण अनुसारको ईच्छा तथा चाहनाहरू पुरा गर्नको लागि संकल्प वा दृढ निश्चय गर्नु
पर्दछ । हामीले यो गर्छु भनेर निश्चय नगर्दा सम्म हामीले हाम्रो वोलीमा कावु राख्न
सकिंदैन । जव सम्म हामीले आफ्नो बोलीमा कावु राख्न सक्दैनौं तव सम्म हामीले
उत्कृष्ट कर्म गर्न सक्दैनौं । कर्मनै हामी मनुश्य जीवनको आधार भएकोले हामीले
गर्ने सम्यक कर्मले हाम्रो जीवन यापन वा आजीवीका कस्तो हुने भन्ने निर्धारण गर्दछ
। सम्यक आजीवीका नहुँदा सम्म हामीले व्यायाम लगायतका आत्मीक कार्यहरू गर्न सक्दैनौं
। जव सम्म हामीले सम्यक व्यायाम गर्न सक्दैनौं तव सम्म हाम्रो स्मृती पनी
चिरस्थायी हुँदैन । चीरस्थायी स्मृती नहुँदा सम्म समाधीमा स्थीत हुन सम्भव छैन ।
यसरी वुद्धले २५६४ वर्ष अगाडी गर्नु भएको ज्ञानको अभिव्यक्ती कालजयी र जीवन्त
रहेको पाईन्छ । जुन मार्गहरूको हालको महामारीको समयमा पनी सान्दर्भिक रहको छ भन्न
सकिन्छ ।
पहिलो मार्ग सम्यक दृष्टि
सही तरीकाको हेराई लाई सम्यक दृष्टी भनीन्छ । यसको अर्थ हाम्रो लक्ष्य सँग पनी
जोड्न्छ । हामीले जीवनमा कस्तो लक्ष्य लिएका छौं त्यही अनुसारको दृष्टकोण बन्ने
गर्दछ । हरेक कुराहरूलाई समान रूपमा हेर्नु वा आफ्नो दृष्टीकोण नबनाई समभावले
हेर्नु । जीवनमा आउने सुख, दुःखलाई समान रूपमा हुर्नु नै सम्यक दृष्टी हो । यो
लकडाउनको समयमा हामीले हाम्रो दृष्टीकोणमा फरकपना ल्याउनु जरूरी छ । हाम्रो दृष्टी
आफैमा केन्द्रीत गरी अनावस्यक हल्ला र अफवाहको पछाडी नलाग्न यो मार्गले निर्देशन
गर्छ ।
दोस्रो मार्ग सम्यक संकल्प
जीवन मा संकल्पको धेरै ठूलो महत्व छ । लक्ष्य प्राप्त गर्नको लागि संकल्पको ठूलो
हात रहेको हुन्छ । बुद्धले भन्नु भएको सम्यक संकल्प भन्नाले मनुश्य जीवनको दुःखबाट
छुटकारा पाउनको लागि दृढ निश्चय गरी संकल्प गरेर अगाडी बढ्नु भन्ने हो । हामी
बन्दाबन्दीको समयमा घर बाहीर जादैनौं, सकेको सहयोगः गर्ने र अरूलाई हानी पुग्ने
खालका गतिविधिहरू नगर्ने भनेर दृढ संकल्प गर्नु पर्ने अवस्था छ ।
तेस्रो मार्ग सम्यक वाक (बोली)
जीवनमा बोली वा वाणीमा पवित्रता तथा सत्यता हुनु अत्यन्त आवश्यक छ । हाम्रो बोलीमा
पवित्रता र सत्यता नहुनु नै दुःखको कारण हो । सत्यमेव जयतेः जहीले पनी सत्यको जीत
हुन्छ । बुद्धले सत्यतालाई महत्व दिनु भएको छ । त्यस कारण हामीले अहीले सत्य, सँचो
र भरपर्दो सुचनाको माध्यमहरूको प्रयोगः गरी नियमित सुचना तथा जानकारी लिनु पर्ने
अवस्था छ । अरू सँग सम्पर्क र समन्वय गर्दा पनी जानकारी भएको कुराहरू मात्र गरी
बोलीमा संयम्ता अपानाउनु अती महत्वपूर्ण छ ।
चौंथो मार्ग सम्यक कर्म
कर्म बन्धन वा कर्मको चक्रबाट छुटकारा पाउनको लागि मनुश्यको आचरण शुद्द हुन
जरूरी हुन्छ । मनुस्यको कर्मको आधारमा उसको आचरण निर्भर हुन्छ । अरूको कुभलो हुने कर्म
गर्नु भएन । दुराचार, क्रोध र द्वेष भावना त्याग गरेर सम्यक कर्म गर्नु पर्छ । हामी
अहीले कतीपय मानीसहरू काम नभएर बसीरहेको अवस्था छ यस्तो समयमा बाहीरको काम गर्न
सकिदैन भने आफ्नो आत्मीक उन्नतीको लागि कर्महरू गर्न सक्छौं । जस्तोकी लेखन कार्य,
हस्तकलाका कार्यहरू, घरको सरसफाई लगायतका कार्यहरू ।
पाचौं मार्ग सम्यक आजीवन
सवैलाई न्याय हुने गरि आफ्नो जीवन यापन गर्नुनै सम्यक आजीवीका हो । यदि हामीले
कसैलाई दुःख पुर्याएर, चोरी गरेर, हत्या गरेर वा अन्य कुनै प्रकारले अरूको हानी
हुने गरी आफ्नो जीवन चलाउँदछौं भने त्यसको दुष्परिणाम हामी स्वयंले भोग्नु पर्ने
हुन्छ । त्यसैले सम्यक जीवीकोपार्जन गर्न जरूरी छ । अझ यो बन्दाबन्दीको समयमा त
हामीले तडकभडकको जीवन व्यतीत नगरी साधारण जीवनयापन गर्नु पर्ने आवस्यकता देखिन्छ ।
छैटौं मार्ग सम्यक व्यायाम
यस्तो प्रयत्न वा व्ययाम जसले जीवनमा शुभको उत्पत्ती र अशुभको अन्त्य गरोस्
त्यस्तो कार्यलाई व्यायाम भनीन्छ । योगः ध्यान लगायतको व्यायाम जीवनमा निरन्तर
रूपमा प्रयास गरीरहनु पर्दछ । यो बन्दाबन्दीको समयमा हामीले केही समय हाम्रो शरीरको
लागि दिंदा हाम्रो शरीरमा उप्रत्यासीत रोगहरूले डेरा जमाउन पाउँदैन । बुद्धले दिनु
भएको छैटौं मार्गले हाम्रो शरीरको रेखदेख गर्नमा ठूलो सहयोगः
पुग्दछ । समय मिलाएर शारीरीक व्यायाम, तथा हठ योगःका आसन लगायतका कार्यहरू गर्दा
रोगहरू लाग्ने सम्भावना कम हुन्छ ।
सातौं मार्ग सम्यक स्मृती
शारीरीक तथा मानसीक भोग विलासयुक्त कुराहरूबाट आफुलाई टाढा राख्नाले मनमा
एकाग्रको भाव आउँछ । जव हामी कुनै पनी कुराहरूमा एकाग्र भएर लाग्दछौं हामीलाई
त्यसको बानी पर्दछ र हाम्रो मनस्थीती भावना र मन शुद्ध बन्दछ साथै हाम्रो स्मृती
पनी चीरस्थायी हुन्छ । हामीले यो बन्दाबन्दीको समयलाई एउटा अवसरको रूपमा लिएर माथी
उल्लेख गरीएका छ वटा मार्गहरूको नियमित अभ्यास गर्ने गर्यौं भने हाम्रो मानसीकतामा
अवस्य परीवर्तन आउनेछ र हाम्रो स्मृती चिरस्थायी हुनेछ । यहाँ शास्त्रको एउटा श्लोक
सान्दर्भिक हुन सक्छ । आहार शुद्यौ सत्व
शुद्यी सत्व सुद्यौ ध्रुर्वास्मृती । स्मृती लब्धे सर्व ग्रन्थीनाम् विप्र मोक्षः ।। आहारको शुद्धताबाट हाम्रो सत्य शुद्ध हुन्छ जव
मनुश्य सत्यमा अडीग हुन्छ, उसको स्मृती चिरस्थायी हुन्छ । जव चीरस्थायी स्मृतीहरू
प्राप्त हुन्छ त्यो व्यक्तीको सबै नराम्रा कुराहरू सकिएर निर्मल हुन्छ र उ मोक्ष
हुन्छ ।
आठौं मार्ग सम्यक समाधी
उपरोक्त सात मार्ग को नियमित र सम्यक अभ्यासले मनुष्यको शरीरलाई मिर्मल गरि चित्तको
एकाग्रता बढाउँदछ । निरन्तरको एकाग्रताबाट निर्विकल्प प्रज्ञाको अनुभूति हुन्छ ।
यस्तो पज्ञा वा परम चेतनाको स्थीती नै समाधि हो । समाधि नै मनुश्य जीवनको प्रमुख
लक्ष्य हो भनेर बुद्धले भन्नु भएकोछ । यसरी हेर्दा बुद्धका चार आर्य सत्य, पञ्चशिल र अष्टाङ्गिक मार्ग मनुश्य जीनमा अतीनै प्रयोगात्मक र
कालजयी उपदेश हो भन्न सकिन्छ । । हामीले उनका प्रयोगात्मक सुत्र तथा उपदेशहरूलाई यो
बन्दाबन्दीको समय साथै निरन्तर हाम्रो दैनिक जीवनमा अभ्यास गरेर अधिक लाभ लिन सक्छौं
।
दामोदर न्यौपाने
बेल्कोटगढी नगरपालिका वडा नं. २, मुक्तीटोल, नुवाकोट
सम्पर्कः 9843069261
Email:
deardnsharma@gmail.com
Comments
Post a Comment