हजुर आमाको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥
यो आत्मा लाई कसैको शस्त्रले काट्न सक्दैन, यसलाई आगोले जलाउन सक्दैन, यसलाई न जलले गलाउन सक्छ तन हावाले उडाउन वा सुकाउन नै सक्छ यो आत्मा सधैं अमर अझर अभिनाषी छ ।
तर पनी हामी मानवले त्यती गहीरो कुरा कसरी जान्नु र शरीरलाई आत्माले छोड्दा हुने पिडालाई कहाँ सहजरूपमा लिन सकिन्छ र ? तर पनी सत्य त सत्यनै हो हामीले जतीनै दुःख तथा पिर मानेता पनी टारेर नटर्ने कटु सत्य कुरा हो मृत्यु ।
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३।
जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।४।
आज हाम्रो ममतामयी हजरआमाको असामयीक निधनले हामी सम्पुर्ण परिवारलाई मर्माहीत बनाएको छ । यो अनित्य संसारमा कसैकोपनी जीवन चिरकाल सम्म रहने हैन तर पनी आफ्नो हृदय भन्दा प्यारो मान्छे आफु संग नहुँदा हुने पिडाको कुनै सिमाना हुँदैन । यस दुःखद घडीमा धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन् ।
हजुर आमाको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली ।

-२०७५ बैशाख
Comments
Post a Comment