हुम्लाको नाम्खा एक जोखित तर मनोरन्जनपूर्ण यात्रा भिडियो समेत


हामी कामको शिलसिलामा मुचु जानु पर्ने । मुचु नाम्खा गाउँपालिकाको सदरमूकाम याल्वाङ्ग बाट ३ घण्टाको दुरीमा पर्दछ । जिल्ला सदरमूकाम सिमकोटबाट याल्वाङ्ग पुग्न १ दिन लाग्छ । तर हामीलाई १ दिन र १ बिहान लागेको थियो । हुम्ला सडक सञ्जालले अन्य जिल्लाहरु सँग नजोडीएको एक मात्र जिल्ला हो । त्यसैले हामी (म र मेरा दुई जना साथीहरु) पैदल यात्रा गर्दै थियौं । बाटोमा जाँदै गर्दा दुईजान डाँडाफायाका स्थानीयहरुले २ वटा झुपा (गोरु) मा दाउरा ल्याई सिमकोटमा बेचेर फर्कदै रहेछन् । हामीले सिमकोटको लाग्ना (भज्याङ्ग) मा उनिहरुलाई भेट्यौं । लाग्नाबाट माथिल्लो डाँडाफाया जान करीब ४५ मिनेटको बाटोमा झुपावालाहरु हाम्रे साथी भए । हामीले ब्याग झुपालाई बोकायौं ।
हुम्लामा प्रमुख माल समान बोक्ने साधन खच्चर, घोडा, झुपा, भेडा तथा बाख्राहरु हो । तथापी जिल्लाका केही स्थानहरुमा आन्तरीक रुपमा यातायाका साधनहरु चल्ने गर्दछ । तिब्बतबाट पनि हुम्लाको केही स्थानहरुमा स्थलगत यातायातको साधनहरु आउने गर्दछ । जिल्लाको सदरमूकम सिमकोटबाट खार्पुनाथ गाउँपालिकाको खार्पुनाथ, नाम्खा गाउँपालिकको हेप्का, चौहनफाया तिर सम्म यातायातका साधनहरु चल्ने बाटोहरु बनेकोछ । त्यसै गरि चिन बाट नाम्खाको केर्मि भन्ने ठाउँ सम्म हिउँदमा हिउँ नपर्दा सम्म यातायातका साधनहरु फाट्ट फुट्ट चल्ने गर्दछ । चिन तिरको बाटोमा बाहेक सिमकोट तिरबाट खार्पुनाथ जानको लागि ३४ वटा जिपहरु नियमित चल्ने गर्दछ भने नाम्खाको हेप्का चौवनफाया तिर रिजर्भ गर्दा मात्र जाने गर्दछ । खार्पुनाथ मन्दीर खार्पुनाथ गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक महत्व बोकेको स्थान हो । यो ठाउँमा महादेवले तपस्या गरेको भन्ने स्थानीय बासीहरुको विश्वास रहेकोछ । यो मन्दीर बाट करिब ३ किलोमिटरको दुरीमा खार्पुनाथ गाउँपालिकाको सदरमूकाम याङ्चुबगर रहेकोछ । मन्दीर बाट अगाडी एउटा दोजाम खोला छ । खार्पुनाथ मन्दीरको तल पट्टी कर्णाली र दोजाम खोला मिसिन्छ । खार्पुनाथ जानको लागि दोजाम खोला तर्नु पर्ने हुन्छ । खोला तर्दा वित्तिकैबाट याङ्चुबगर सम्म सडक राम्रो बनेको छ । गत वर्षको फागुन तिर पारी लगेर एउटा जिप गाउँपालिकाको सदरमूकाम सम्म जाने आउने गर्नका लागि संचालनमा रहेको थियो । यहि असारको ३ गते यात्रुहरुलाई लिएर याङ्चुबगर जाँदैगर्दा उक्त जिप दुर्घटना भएर कर्णालीमा खसेको थियो । उक्त दुर्घटनामा खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष सहित १० जनाको मृत्यु भएको थियो ।
नाम्खा गाउँपालिकाको केर्मि भन्ने ठाउँ सम्म चिनबाट हिल्सा हुँदै आउने बाटो खुलेको छ । केर्मि गाउँको तल एउटा च्याछरा भन्ने भिर रहेको छ । च्याछरा भिरमा कडा खालको चट्टान तथा ठाडो भिर भएकाले उक्त भिरमा मोटर बाटो बनाउन कठिन छ । नेपाली सेनाले बाटो बनाउने क्रममा भिरमा बम ब्लासिटङ्ग गरेर केही बाटो बनाउाँदै पनि छ । त्यसै क्रममा हिँड्ने बाटो भत्कीदा एक ठाउँमा यात्रुहरु डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।  हामी पनि उक्त भिरमा जोखिमपूर्ण तरीकाले डोरी समातेर पार गरेका थियौं । तल कर्णली एक दम बेगले बगीरहेकोछ । घामको तातोले डाँडाको मथी माथी रहेको हिउँ पग्लेर कर्णाली नदीमा मिसियर नदिको बेग तिब्र बनेको छ । बाटोमा डोरीको सहायताले भिर पार गर्ने क्रममा डोरीबाट हात छोडीयो भने जीवन रहनेवाला छैन । हामी सिमकोटबाट नाम्खा जाँदा सम्मको भिडियो मनोरन्जन चौतारी यूट्युव च्यानलमा राखिएको छ । जुन यहाँहरुले तलको युट्यबको भिडियोमा हेर्न सक्नु हुनेछ । त्यस भिरमा पुग्नु भन्दा अलिकती वर एउटा गज्जबको झर्ना रहेकोछ । त्यो झर्ना हेर्दा एक दम आनन्द आउने खालको छ । पानी धेरै माथीबाट खस्दाको फोर्सले गर्दा बाफ जस्तो उडेको देखिन्छ । यस्ता धेरै दृश्य तथा बाटोमा देखिएका कुराहरु सबै भिडियोमा समाबेस गर्ने कोसीस गरिएको छ भिडियो हेरेर आनन्द लिनु होला ।




Comments

Popular posts from this blog

हजुर आमाको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली

शुभस्य शिघ्रम अशुभस्य काल हरणम्

ईशावास्योपनिषद् संस्कृत श्लोक अंग्रेजी र नेपाली सामान्य अर्थ