दैलेखको दहिचिउरा
दैलेखको दहिचिउरा
म माछा मासु नखाने
मान्छे । खाजा खाने क्रममा जहिले पनि समस्यानै समस्या हुने गर्दछ । फाल्गुन ७ गते
प्रजातन्त्र दिवस । आज सबै सरकारी संघ संस्थाका कार्यालयहरु बन्ध रहन्छन् । अघिल्लो
दिन ठाटीकाँधको यात्रा निवन्ध लेख्दै थिएँ सुत्न ढिला भएकोले आज विहान ८ बजे मात्र
उठियो । गुन्जन सरलाई फोन गरें । उहाँ बुढानिलकण्ठ आश्रममा निवास गर्नुहुन्छ ।
उहाँ बुढानिलकण्ठ आश्रम द्वारा संचालित स्कुलको प्रधानाध्यापक पनि हुनुहुन्छ ।
उहाँले यात्राका क्रममा आफुलाई भएका अनुभुतिहरु समेटेर धेरै लेखहरु लेखिसक्नु
भएकोले मैले लेखेको लेखहरुमा भाषा र शुद्धा शुद्धि हेरी दिनु भनेर पठाएँ ।
त्यतिकैमा पवित्रा दिदिले फोन गर्नु भयो । उहाँ बहुक्षेत्रीय पोषण योजना दैलेख
जिल्लाको जिल्ला संयोजक हुनुहुन्छ । के छ कसो छ भन्ने कुराहरु भयो । म आज दैलेख
आउँदैछु उहाँले भन्नु भयो । उहाँले फेरी भन्नु भयो बेलुका म आउँदा अलि अवेर हुन्छ
होला भोली विहान ८ गते अफिसमै भेटौंला । तपाँई फिल्ट भिजिट रिपोर्टहरु बनाउदै
गर्नुहोला उहाँले भन्नु भयो । मैले पनि हुन्छ भने र हामीले फोन राख्यौं । म
दैलेखमा केही समय बहुक्षेत्रीय पोषण योजना कार्यक्रम कार्यान्वयनमा सहयोग गर्नका
लागि आएको परापर्शदाता । म फिल्डमा नगएको समयमा मानसरोवर होटलमा बस्ने गर्छु ।
फेरी पवित्रा दिदिको म्यासेज आयो । म्यासेजमा अस्ती २०७४/१०/१९ मा जिल्ला समन्वय
समितिको पदाधिकारीहरुलाई दिईएको अभिमुखिकरणको रिपोर्ट बनाउदै गर्नुहोला । मैले
मनमनै हुन्छ भने । म्यासेज रिप्लाई गरिन ।फिल्ड भिजीटको
रिपोर्टहरु ड्राफ्ट लगभग तयार गरि सकेको थिएँ । त्यसैलाई फेरी हेरें । केही क्षण
पछि गोपिकृष्ण भाईले फोन गर्याे । हाम्रो हजुरबुवाहरु ६ भाई मध्ये गोपी मेरो कान्छो हजुरबुबाको साईलो
छोराको कान्छो छोरा हो । म काईलाको नाती गोपी कान्छाको नाती हौं । उ अहिले जापानमा
वस्छ । धेरै समय भयो दाई हामी बिच कुराकानी भएकोछैन त्यै भएर आज तपाईलाई अनलाईन
देखें अनि फोन गरेको के छ कुरा गर्न मिल्छनी दाई ? उसले एकै स्वासमा
भन्यो । मिल्छ किन नमिल्नु मैले भने । विगतका धेरै सम्झनाहरु स्मरण गरियो । उ सगं
कुरा गर्दा मलाई एक किसीमको आनन्द प्राप्त हुने गर्दछ । दाई म अव आउने मार्च ३
तारीक राती १० बजे काठमाण्डौं यरपोर्ट आईपुग्छु उसले भन्यो । म खुसी भएँ । म पनि
मार्च २/४ तारिक तिर काठमाण्डौं जाँदै छु मैले भने । उ पनि खुसि भयो । लगभग १
घण्टा दाजुभाईकाे कुरा भयाे ।

म पवित्रा दिदिले भने
अनुसार अभिमुखिकरणको रिपोर्ट तयार गर्न थालें । लगभग आफ्नो तर्फबाट रिपोर्ट सकेर
घडी हेर्दा १ बजि सकेको रहेछ । म खाना खानको लागि तल किचनमा गएँ । खाना रहेनछ । सर
हामीले त हजुर बाहिर गई सक्नु भयो होला भनेर अर्को मानीसलाई खाना दियौं । एक छिन
बस्नुहोस् म खाना बनाउँछु । एक जना काम गर्ने भाईले भन्यो । मैले भने दुःख नगर भाई
। म बाहीरै गएर केही खाउँला । यती भनेर म फेरी रुममा आएँ । एक छिन रिपोर्टको काम
गरें । अव केही त खानु प¥यो भनेर बाहीर निस्कीए । बाटोमा जाँदै थिएँ । मनमा के खाने भनेर कुरा
खेलीरहेको थियो ।
म ज्वाला होटलमा गएँ
जुन होटलमा मैले शिवरात्रीको दिन पकौडा खाएको थिएँ । जुन पाकौडामा भाङ मिसाईएको
थियो । होटलको काउन्टरमा कोही पनि थिएन । म भित्र किचनमा गएँ । त्यहाँ एक जना
कामगर्ने मानिसले चामल धोईरहेको जस्तो लाग्यो र मैले सोधें खाना पाईन्छ ? उसले उत्तर दियो पाईन
त पाईन्थ्यो तर आज चाहीं छैन सर सकियो । मैले फेरी सोधें चामल धोईरहनु भएकोछ मलाई
पनि पुग्ने गरी पकाउनुहोस्न म केही बेर कुर्छु नी । उसले भन्यो यो त जाँड बनाउनका
लागि भात माड्दै गरेको हो । मलाई लागेको सबै भोक हरायो । म केही नबोली त्यहाँ बाट
निस्कीए । अव त यस्तो ठाउँ कुनै छैन जुन होटलमा माछा मासु र जाँड रक्सी नपाईयोस
सिवाय मारवाडीको शाकहारी भोजनालय छोडेर । जता ततै शुद्ध शाकहारी भोजनालय पाउन
सकिदैन । यो जमाना नै तमोगणी छ । मनुस्य तमोगुणी भोजनमा रमाउने गर्छ । जवसम्म
परमात्माको अलिकती मात्र पनि रस तथा अनुभव हँदैन तव सम्म मानव तमोगुणी तथा रजोगणी
भाव छोडेर सत्व गुणी वन्न सक्दैन । मानीस सत्वगुणी बनीहालेता पनि यो एक चक्रको
समान हुन्छ । मानीस कुनै समय सत्वगुणी पनि बन्छ अनि केही बाहीरी बातावरणको प्रभावले
रजोगुणी तथा तमोगुणी भईहाल्छ । यो प्रक्रिया चलि रहन्छ । मानव जन्मको उद्देश्यनै
त्रिगुणातीत हुनु हो । त्रिगुणातीत भन्नाले कुनै पनि गुण रहित हुनु भन्ने हुन्छ ।
जुन अवस्थामा पुगेपछि जुन सुकै बाहिरी प्रभावले मानवलाई कुनै असर गर्दैन ।
त्रिगुणतीत हुनको लागी सत्व गुणी स्वभावको सतत् प्रयास आवश्यक हुन्छ । त्यस्तो सत्वगुणी खानपान तथा रहनसहनलाई
निरन्तरता दिन हामी जस्तो यत्रतत्र बहुधक योगीको जस्तो कामगर्दे हिंड्नेहरुको लागि
असम्भव प्रायः छ ।म ज्वाला होटलबाट
निस्कीएर दैलेख बजारमा रहेका पसलहरु हेर्दै माथी पुरानो बजार तिर हिंडे । मनमा के
खाने भनेर कुराहरु खेलीरहेको थियो । एउटा होटलमा दुई जोई पोई दिउँसोको नास्ताको
लागि केही परीकाहरु बनाईरहेका थिए । मैले साहुजीलाई सोधें शुद्ध शाकहारी खानेकुरा
के पाईयला ? साहुजीले अनेक कुरा भने त्यस मध्ये दहि चिउरा पनि भने । मलाई दहि चिउरा
खाने ईच्छा भयो । धेरै समय भएको थियो दहिचिउरा नखाएको । सोधें दही अमिलो त छैन नी
साहुजी ? दहि त अमिलो नै हुन्छ नी साहुजीले भने
। हो र ? मैले भने । हल्का मात्र अमिलो हो साहुजीले भने । साहुजी अलि रसिक रहेछन् ।
चिनी पनि दिउँलानी किन डराउनु भयो चिनीको पैसा लिन्न उनले भने । मैले पनि हाँस्दै
हुन्छ भने । साहुजीले टेवलमा राखेको दहिको गिलास निकाले । अनि त्यसलाई एउटा
चम्चाले चलाए त्यस पछि मलाई ल्याएर दिए ।
मैले एक प्लेट चना पनि दिनुस भने । साहुजीले एउटा कचौरामा चना पनि ल्याई दिए । म
चना खान थालें । साहुजीले चिउरा देलान् र दहि चिउरा खानु पर्ला भनेर सोचेको
साहुजीले चिउरा ल्याउने छाँटकाँटनै देखाएनन् । मैले कचौरामा भएको झण्डै एक चौथाई
चना खाईसके तै पनि चिउरा आएन ।
अव साहुजीले चिउरा
ल्याउन बिर्सिय भन्ने सोचेर मैले भने साहुजी चिउरा पनि दिनुहोस्न ? साहुजीका जोई पोई
दुवै हासें । किन हाँस्नु भयो चिउरा किन दिनु भएन मैले भने । चिउरा त त्यसै
गिलाँसमा छ साहुजीले भने । म छक्क परें । कुनबेला चिउरा राख्नु भयो ? मैले देखिन त । २
घण्टा अगाडी मात्र राखेको साहुजीले भने । मलाई झन अनौठो लाग्यो । साहुजीले किन दहि
दिने बेलामा गिलाँसको दहि चम्चाले चलाएका रहेछन् भन्ने बल्ल थाहा भयो । उनले पहिला
राखेको चिउरा राम्रो संग दहिमा घोलियोस भनेर चलाएका रहेछन् । मैले बल्ल कुरा बुझें
। मैले ३२ वर्षको उमेर सम्म २ घण्टा अगाडी दहिमा मिश्रित गरेको दहिचिउरा कहिल्यै
खाएको त के कुरा गर्नु सुनेको पनि थिईन । म गिलासमा रहेको दहिभिउरा खान थालें ।
मैले खाँदा चिउरा गिलिफित्ती भएको थियो । कतै कतै मात्र चिउरा होकी भनेर अनुभव
गर्न सकिन्थ्यो तर आँखाले देखिंदैनथ्यो । जे होस जीवनमा नयाँ अनुभव भयो मलाई दैलेख
आएर । २ घण्टा अगाडी देखि प्रोसेसिङ गरेको दहिचिउरा खाई पैसा तिरेर म होटलबाट
निस्कीएं र बस्ने ठाउँ तिर लागें ।२०७४/११/०८ दैलेख

Comments
Post a Comment