कथा: जागरणको उज्यालो: त्रिकोण, चिनी र चेतना

कथा जंगलले घेरिएको साँघुरो बाटो हुँदै म अघि बढ्दै थिएँ। दायाँबायाँ जरा फैलिएका रूखहरू, माथिबाट हेरिरहेजस्ता बाँदरका आँखाहरू, अनि मौन हावामा कहिलेकाहीँ खस्ने पातहरू—सबै केही अस्वाभाविक लाग्दैथिए। एक्कासि आकाशतिर आँखा पुग्यो—त्यहाँ एउटा अनौठो त्रिकोण आकारको तारा चम्किरहेको थियो। त्यो न कुनै ग्रह थियो, न हेलिकप्टरको बत्ती। त्यो स्थिर थियो, तर उसको प्रकाशले मनभित्र केही हलचल गराइरहेको थियो। मोबाइल झिकें—फोटो खिच्न खोजें, तर फोटो हल्लिएको आयो। फेरि प्रयास गरेँ, तर अझै पनि स्पष्ट भएन। "कसैले इरादा देखाउँछ, नियति लुकाउँछ," जस्तो लाग्यो। हिँड्दै जाँदा तारा रूखहरूले ढाक्न थाले। आकाश अब पूर्ण रूपमा देखिन छाड्यो। मेरो यात्रा कसैलाई भेट्नको लागि थियो—ठ्याक्कै याद त थिएन, तर सन्देश दिनुपर्ने थियो। त्यहाँ पुगेपछि थाहा भयो, त्यो व्यक्ति घरमै थिएन। "उहाँ छैनन्, तर तपाईंले दिनुपर्ने कागज उनको छोरा मार्फत दिन सक्नुहुन्छ," कसैले भन्यो। एक सानो केटो आयो, उसले कागज लियो। तर हेर्न नपाउँदै उसले त्यो कागज च्यात्यो। क्रोधले मनभित्र उथलपुथल मच्चियो। "तिमीले बुझ्नुपर्थ्यो!" भन्दै म...