Posts

Showing posts from August, 2023

ईशावास्योपनिषद् संस्कृत श्लोक अंग्रेजी र नेपाली सामान्य अर्थ

Image
शुक्ल यजुर्वेदको माध्यान्दिनीय संहिताको अन्तिम (चालिसौं) अध्यायको नाम इशावास्योपनिषद् हो । ईशावास्यमिदं सर्वम् भन्ने प्रारम्भिक पङ्क्तिका आधारमा प्रस्तुत उपनिषद्को नाम ईशावास्योपनिषद् रहेको देखिन्छ । यसलाई ईशोपनिषद पनि भनिन्छ । यसमा १८ पद्य छन् । यसले ब्रह्मविद्याका बारेमा प्रकाश पारेको छ । यसले निष्काम भावले कर्म गर्ने शिक्षा दिएको छ । अद्वैत भावनाको सशक्तीकरण गर्नु पनि यसको अर्को उद्देश्य हो । उपनिषद कर्म उपासनाकाण्ड पछि ज्ञान काण्ड अन्तर्गत ईश उपनिषद पर्दछ । यसलाई ईशोपनिषद पनि भनिन्छ । पहिलो मन्त्रमा ईशावास्य भनिएकोले यसलाई ईशावास्य उपनिषद पनि भनिन्छ । यस उपनिषदमा १८ मन्त्रहरु छन् । शुक्ल यजुर्वेदको ४० औँ अध्यायका यी मन्त्रहरु हुन् । ईशादि नौ उपनिषद मध्ये यस उपनिषदले प्रथम स्थान प्राप्त गरेको छ । अन्य उपनिषदमा जस्तै यसमा पनि वक्ता र श्रोता गुरु शिष्य कसैको नाम पाईंदैन   शान्ति पाठ  ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते  ॥ पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥ ॐ शान्तिः शान्तिः शान्तिः ॥   संस्कृत श्लोक अंग्रेजी अर्थ नेप...