कोभिड-१९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता

कोभिड - १९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता कोभिड - १९ को महामारीको कारण लकडाउनको अवस्थामा हामी सबै नेपालीहरू आ - आ फ्नै घरमा छौं । यो लेखमा बुद्धले मानव जगत्लाई दिनु भएको चार आ र्य सत्यहरू, पञ्चशिल र अष्टाङ्गिक मार्गहरूको यो विषम परिस्थतिमा सान्दर्भिकतालाई विश्लेषण गर्न खोजीएको छ । बुद्धका उपदेशहरू आफ्नो साथका रहेका के ही साधुहरूलाई दिएका थिए । जुन गुरू शिष्य परम्पराबाट आ जको दिन सम्म आ एको मानीन्छ । मोक्ष प्राप्तीको लागि हिन्दु शास्त्रमा तिन मार्गको वर्णन गरिएको पाईन्छ । जसमा ज्ञान, भक्ती र कर्म मार्ग हो । बुद्ध दर्शनमा ज्ञान र कर्मलाई जोड दिएको पाईन्छ । बुद्ध भन्नाले त्यो व्यक्ती जसले चेतनाको उच्चतम अवस्था प्राप्त गरेको हुन्छ । वुद्ध्वत्व प्राप्त व्यक्तीले प्राप्त गरेको ज्ञान उसको नीजी हुँदैन । उसले यही समाजमा रहेर ज्ञान आ र्जन गरेको हुन्छ । उसले त्यसको बदालामा आ फुमा भएको ज्ञान समाजका व्यक्तीहरूलाई वाढ्ने गर्दछ । त्यसतै बुद्धलेपनी गरे जनु हामी माझमा उपदेशको रूपमा प्राप्त छ । विना गरू स्वयंको प्रयासबाट बुद्धत्व प्राप्त गर्ने महामानवहरूलाई सम्यक सम्बुद्...