हुम्लाको नाम्खा एक जोखित तर मनोरन्जनपूर्ण यात्रा भिडियो समेत
हामी कामको शिलसिलामा मुचु जानु पर्ने । मुचु नाम्खा गाउँपालिकाको सदरमूकाम याल्वाङ्ग बाट ३ घण्टाको दुरीमा पर्दछ । जिल्ला सदरमूकाम सिमकोटबाट याल्वाङ्ग पुग्न १ दिन लाग्छ । तर हामीलाई १ दिन र १ बिहान लागेको थियो । हुम्ला सडक सञ्जालले अन्य जिल्लाहरु सँग नजोडीएको एक मात्र जिल्ला हो । त्यसैले हामी (म र मेरा दुई जना साथीहरु) पैदल यात्रा गर्दै थियौं । बाटोमा जाँदै गर्दा दुईजान डाँडाफायाका स्थानीयहरुले २ वटा झुपा (गोरु) मा दाउरा ल्याई सिमकोटमा बेचेर फर्कदै रहेछन् । हामीले सिमकोटको लाग्ना (भज्याङ्ग) मा उनिहरुलाई भेट्यौं । लाग्नाबाट माथिल्लो डाँडाफाया जान करीब ४५ मिनेटको बाटोमा झुपावालाहरु हाम्रे साथी भए । हामीले ब्याग झुपालाई बोकायौं । हुम्लामा प्रमुख माल समान बोक्ने साधन खच्चर , घोडा , झुपा , भेडा तथा बाख्राहरु हो । तथापी जिल्लाका केही स्थानहरुमा आन्तरीक रुपमा यातायाका साधनहरु चल्ने गर्दछ । तिब्बतबाट पनि हुम्लाको केही स्थानहरुमा स्थलगत यातायातको साधनहरु आउने गर्दछ । जिल्लाको सदरमूकम सिमकोटबाट खार्पुनाथ गाउँपालिकाको खार्पुनाथ , नाम्खा गाउँपालिकको हेप्का , चौहनफाया तिर सम्म यातायातका साधनहर...