ठाटीकाँधको यात्रा दैलेख–२०७४
पहाडी भू–भागमा हिंड्दाको आनन्द पनि राम्रै हुन्छ भन्ने सोचेर म हिंडेर जान कस्सिएँ । बाटो सजिलो नै रहेछ । म रामाघाट पुग्दा करीब २ वजेको थियो । बाटोमा मसँगै जाने मानिस कोही भेटिए पनि सजिलो हुन्थ्यो भन्ने मनमा थियो तर कोही भेटीएन । बाटोमा आउने सबैसँग र बाटोमा भेटीएका सबै मानिसहरु सँग सोधियो अब कति समय लाग्ला ठाँटीकाँध पुग्न ? प्रायः सबैको जबाफ आउँथ्यो २ घण्टा । पहाडमा २ घण्टा भन्ने कुरा साह्रै सामान्य हुन्छ । ५ घण्टा लाग्ने ठाउँ होस्वा १ घण्टा लाग्ने ठाउँ मानीसहरु २ घण्टामै पुगिन्छ भन्ने गर्छन् । त्यस्तै भयो मलाई पनि ठाटीकाँध जाँदा । जे होस् बाटोमा देखिएका सुन्दर दृष्यहरुले गर्दा हिंड्दा लागेको थकाई मेटाईरहेको थियो । कहिले खुल्ला ठाउँ कहिले वस्ती कहिले खोलाको किनार त कहिले जङ्गलको बाटो । करिव २ घण्टा हिंडी सकेपछि हल्का भोक लागेको अनुभव भयो । त्यो ठाउँ चाहीँ अलि सम्म परेको रातो माटो भएको ठाउँ थियो । बाटोमा एउटा अनौठौ संयोग भयो । एक जना बच्चा अर्को सानो बच्चा बोकेर आउँदै थियो मलाई त्यो देखेर फोटो खिच्न मन लाग्यो । मैले तत्काल त्यो बच्चाको फोटो खिचें । बोक्ने बच्चा र बोकीने बच्चा दुबै हा...